रोनाल्डोपछि रियल मड्रिडबाट साउदी पुगे बेन्जेमा, अल इतिहादमा अनुबन्धित
एजेन्सी : फ्रान्सेली फरवार्ड करिम बेन्जेमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी च्याम्पियन अल इतिहादमा अनुबन्धित भएका छन्।
उनलाई रियलले मंगलबार नै शानदार बिदाई गरिसकेको छ। बालोन डी’ओर विजेता करिम बेन्जेमाले रियल म्याड्रिडमा १४ वर्षको बसाइलाई बिट मार्दै साउदी अरेबियाको च्याम्पियन अल–इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन्।
उनी मोटो रकममा अल इतिहादमा अनुबन्धित भएको बुझिएको छ। ३५ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले म्याड्रिडसँग १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्राफी जितेका थिए।
उनले रियलका लागि ३५४ गोल गरेका छन्। उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता हुन्। रियलमा ४५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन्। उनी गत जनवरीदेखि अल नासरमा छ।
रोनाल्डो अल–नासरमा रहँदा अल–हिलालले यसै समरमा पेरिस सेन्ट–जर्मेनका अर्जेन्टिनी फरपार्ड लियोनल मेस्सीलाई अनुबन्ध गर्ने प्रयास थालिरहेको छ।
जेठ २४, २०८० बुधबार ०९:०६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।