युक्रेनमा बाँध भत्काइनु रुसको अहिलेसम्मकै ठूलो आक्रमण : संयुक्त राष्ट्रसंघ

युक्रेनमा बाँध भत्काइनु रुसको अहिलेसम्मकै ठूलो आक्रमण : संयुक्त राष्ट्रसंघ

एजेन्सी : संयुक्त राष्ट्रसंघले युक्रेनको बाँध भत्काउनु रुसको सबैभन्दा ठूलो आक्रमण भएको बताएको छ

न्युयोर्कमा सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रसंघको मानवअधिकार प्रमुख मार्टिन ग्रिफिन्सले रुसले युक्रेनमा आक्रमण गरेयताकै सबैभन्दा ठूलो आक्रमण भएको बताएका हुन्।

बाँधको पानी हालसम्म नीपर नदीका दुवै किनारका ८० शहरमा पुगेको छ।जसकारण धेरै भवनहरू डुबानमा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले बाँधलाई बारूदले उडाएर ठूलो मात्रामा वातावरण नष्ट गरेको बताएका छन्।

यसैबीच रुसले भने युक्रेनले बाँध तोडेको आरोप लगाएको छ। दुवै पक्षको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

काखोभका जलविद्युत् योजना युक्रेनको खेरसन प्रान्तको नोभा काखोभका शहरमा अवस्थित छ, जुन हाल रुसी कब्जामा छ।

सोभियत अवधिमा निर्माण गरिएको थियो यो बाँध नीपर नदीमा बनेका छवटा बाँधहरू मध्ये एक हो। यो यति ठूलो बाँध हो कि यो युक्रेनको उत्तरी भागबाट दक्षिणी क्षेत्रमा फैलिएको छ।

रोयटर्सका अनुसार, विश्वको सबैभन्दा ठूलो ताल मध्ये एक, यो बाँधमा अमेरिकाको ग्रेट साल्ट लेक जत्तिकै पानी छ।

२४ जेठ, २०८०, ०८:२०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।