विश्व टेस्ट च्याम्पियनसिप आजबाट, भारत र अस्ट्रेलियाले इंग्ल्याण्डमा प्रतिस्पर्धा गर्दै

विश्व टेस्ट च्याम्पियनसिप आजबाट, भारत र अस्ट्रेलियाले इंग्ल्याण्डमा प्रतिस्पर्धा गर्दै

काठमाडौं : विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल बुधबारदेखि भारत र अष्ट्रेलिया भिड्दैछन्।

इंग्ल्याण्डको लण्डनस्थित ओभल मैदानमा हुने फाइनल जित्ने टोली आईसीसीका सबै प्रतियोगिताको ट्रफी जित्ने पहिलो टोली पनि बन्नेछ।

यो खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि शुरु हुनेछ। विश्व टेस्ट च्याम्पियनसिप २०१९ बाट सुरु भएको थियो।

पहिलो फाइनल २०२१ मा भारत र न्युजिल्यान्डबीच इङ्ल्यान्डमा भएको थियो। उपाधि न्युजिल्याण्डले जितेको थियो।

सन् २०२१ देखि सुरु हुने दोस्रो च्याम्पियनसिपमा भारत र अष्ट्रेलिया तालिकाको शीर्ष दुई टोली बनेका छन्। त्यसैले उनीहरूबीच दोस्रो फाइनल खेल हुँदैछ।

विश्व टेस्ट च्याम्पियन्सिपको पहिलो फाइनल पनि इंग्ल्याण्डमा भएको थियो भने २०२५ को फाइनल पनि इंग्ल्याण्डमा नै हुनेछ। सन् २०२१ मा साउथह्याम्पटनमा च्याम्पियनसिपका लागि भारत र न्युजिल्याण्ड भिडेका थिए।

त्यसैगरी, २०२५ मा च्याम्पियनसिपको तेस्रो फाइनल लण्डनको लर्ड्स मैदानमा खेलिनेछ।

विश्व टेस्ट च्याम्पियन्सिप जित्ने टिमलाई १६ लाख अमेरिकी मिलियन डलर नगद पुरस्कार रहेको छ भने उपविजेताले ८ लाख डलर पुरस्कार पाउने छ।

जेठ २४, २०८० बुधबार ०७:०७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।