टप फाइभ : बुटवलबासीलाई सहकारीले हैरान बनायो, माओवादी बहिरिएपछि कोशी प्रदेश सरकार अल्पमतमा

टप फाइभ : बुटवलबासीलाई सहकारीले हैरान बनायो, माओवादी बहिरिएपछि कोशी प्रदेश सरकार अल्पमतमा

काठमाडौं : मंगलबार प्रतिनिधिसभाको बैठक बस्यो। बैठकमा बजेटमा करको दर हेरफेर गर्ने निर्णयमा अनधिकृत व्यक्तिले प्रवेश पाएको विषयमा सांसदहरूले प्रश्न उठाए। प्रमुख प्रतिपक्षी दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने भनेपछि अर्थमन्त्रीले सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिए।

त्यसपछि मात्रै बजेटमाथिको छलफल सुरु भयो। बजेटमाथिको छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दुई घण्टा भन्दा बढी समय बोले। उनले बजेटमाथिको छलफलमा प्रधानमन्त्री र अर्थमन्त्रीमाथि व्यंग्य गर्नुका साथै गाँजा खेती, भारतबाट ल्याएको राँगाको प्रसभारतबाट ल्याएको राँगाको प्रसङ्ग र अन्य विषयसमेत उठाए।

त्यस्तै, मंगलबार नै कोशी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो। प्रदेशको संसदीय दल र प्रदेश समितिको संयुक्त बैठकले सरकारमा पठाएका मन्त्रीहरूलाई फिर्ता बोलाउँदै बाहिरने निर्णय गरेपछि मन्त्रीहरुले राजीनामा दिए। योसँगै प्रदेश सरकार अल्पमतमा पर्यो।

पाँच दिनदेखि कोशी नदीमा हराएको सीटीईभीटीको गाडी र त्यहाँका दुई कर्मचारी पनि सशस्त्र प्रहरीको गोताखोरको टोलीले आजै भेटियो। शव भेटिए पनि सनाखत भने हुन सकेन।

अब लागौं टप फाइभतर्फः
उकेराले मंगलबार विहान बुटवलको शाइन बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्तलाई रकम फिर्ता नगरेको विषयमा समाचार लेख्यो। सहकारीका अध्यक्ष प्रकाश खनालले तीन महिनाअघि नै बचतकर्ताको रकम फिर्ता गर्छु भनेका थिए। अहिले एकाएक सम्पर्कविहिन भएपछि पीडितहरूसँग प्रशासन धाइरहनुपरेको छ।
पूरा समाचारः सहकारीका संचालक सम्पर्कविहिन भएपछि तनावमा बचतकर्ता, कर्मचारीकै बचत रकम पनि फस्यो

दिउँसो उकेराले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पताललाई छुट्याउन डेढ वर्षअघि नै छ बुँदे सुझाव दिइएकोबारेमा समाचार लेख्यो। अहिले यसलाई छुट्याउन लागि २०८० वैशाख २६ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ लाई संशोधन गर्न विधेयक प्रतिनिधि सभामा दर्ता भइसकेको छ।
पूरा समाचारः डेढ वर्षअघि नै प्रतिष्ठानबाट वीरलाई अलग्याउन दिइएको थियो ६ बुँदामा यस्तो सुझाव

यस्तै बजेट प्रस्तुत हुनुअघि करको दर हेरफेरमा जोडिएका भनिएका रामकृष्ण श्रेष्ठलाई २०७९ फागुन १९ गते नियुक्ति दिएर २३ गतेदेखि हाजिर गराएको पुष्टि भएको समाचार उकेराले प्रकाशित गर्यो। श्रेष्ठलाई २०७९ फागुन १९ गते नियुक्ति दिएर २३ गतेदेखि हाजिर गराएको कागजात उकेरालाई प्राप्त भएको छ।
पूरा समाचारः प्रचण्डले अर्थ मन्त्रालय सम्हाल्दा करको दायरा हेरफेरमा संलग्न पूर्वनासुलाई ३ महिने नियुक्ति

उकेराले नियमित स्तम्भमा चौथो अंगमा अन्नपूर्ण पोष्ट्, बीबीसी नेपाली सेवा, हिन्दुस्तान टाइम्समा काम गरिसकेका अनिल गिरीले पत्रकारिताको अनुभव, कमजोरी र सुधारको विषयमा आफ्नो भनाइ राखेका छन्।
पूरा समाचारः परराष्ट्र मामिलामा संवेदनशील हुनुपर्छ, तर घुम्न बोलाउँदैन कि भन्ने लोभ पत्रकारमा देखिन्छ

उकेराले मंगलबार कोशी प्रदेश सरकार अल्पमतमा परेको समाचार प्रकाशित गर्यो। माओवादी केन्द्रको प्रदेशको संसदीय दल र प्रदेश समितिको संयुक्त बैठकले सरकारमा पठाएका मन्त्रीहरूलाई फिर्ता बोलाउँदै बाहिरने निर्णय गरेपछि प्रदेश सरकार अल्पमतमा परेको हो।
पूरा समाचारः अल्पमतमा कोशी सरकार, अध्यादेशबाट बजेट ल्याउने तयारी

जेठ २३, २०८० मंगलबार २२:१४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।