डब्ल्युटीसी फाइनलको अघिल्लो दिन भारतीय कप्तान रोहित शर्मा घाइते

डब्ल्युटीसी फाइनलको अघिल्लो दिन भारतीय कप्तान रोहित शर्मा घाइते

विश्व टेस्ट च्याम्पियनसिप (डब्युटीसी) अष्ट्रेलियाविरुद्ध फाइनलको एक दिनअघि भारतीय टिमका कप्तान रोहित शर्मा घाइते भएका छन्।

नेट अभ्यास गर्ने क्रममा रोहितको देब्रे हातको औंलामा चोट लागेको थियो। त्यसपछि उनी अभ्यासमा गएनन्। यद्यपि चोट धेरै गम्भीर नभएको जनाइएको छ। 

रोहितले यस अवधिमा आफ्नो चोटबारे भने जानकारी गराइसकेका छैनन्। डब्ल्यूटीसीको फाइनल जुन ७ देखि भारत र अष्ट्रेलियाबीच हुनेछ। यो खेल इंग्ल्याण्डको ओभल मैदानमा हुनेछ।

जेठ २३, २०८० मंगलबार २०:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।