पहिलो सिजनमै च्याम्पियन ‘चर्च ब्वाइज’
काठमाडौं : नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजनमा नै सहिद स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको २५औं चरणको खेलमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो।
बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंक पुगेको छ। अब चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ।
यो खेलमा अंक गुमाए पनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन। चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ। थ्री स्टारको २५ खेलबाट २९ अंक छ।
२०६६ मा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो। त्यसपछि ‘सी’ डिभिजन छनोट खेलेको चर्च ब्वाइज २०१८–१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेर ‘बी’ डिभिजनमा बढुवा भयो।
त्यसपछि २०२१–२२ को सिजनमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज शीर्ष डिभिजनमा पहिलो सिजनमा नै च्याम्पियन बन्न सफल भयो।
जेठ २३, २०८० मंगलबार १९:३१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।