कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी, दुई मन्त्रीले बुझाए राजीनामा
काठमाडौं : कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईँ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।
मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन्।
केन्द्र सरकारमा भएको समीकरण बमोजिम प्रदेशमा पनि केन्द्रमा सहभागी दलहरुबीचकै सरकार गठनका माओवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको हो। गत पुस २५ मा उनीहरु मन्त्री बनेका थिए।
जेठ २३, २०८० मंगलबार १९:१६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।