रुसले बाँधमा आक्रमण गरेपछि युक्रेनका परराष्ट्रमन्त्रीले बोलाए संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक

रुसले बाँधमा आक्रमण गरेपछि युक्रेनका परराष्ट्रमन्त्रीले बोलाए संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक
स्यालेलाइट तस्बिर

एजेन्सी : युक्रेनको विदेश मन्त्रालयले काखोभको बाँधमा क्षति पुगेपछि तत्कालै संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाएको छ।

युक्रेनले रुसले दक्षिणी खेरसन प्रान्तको डिनिप्रो नदीमा रहेको प्रमुख जलविद्युत आयोजनाको बाँधमा बम प्रहार गरेको आरोप लगाएको छ।

यसलाई आतंकवादी हमला भन्दै विदेश मन्त्रालयले रुसमाथि नयाँ अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनु पर्ने मागसमेत गरेको छ। रुसले जानाजानी बाँधमा क्षति पुर्याएको युक्रेनको आरोप छ।

१६ हजारको ज्यान जोखिममा
यो बाँध रुसको कब्जामा रहेको नोभा काखोभका सहरमा अवस्थित छ। बाँधमा भएको क्षतिका कारण कम्तीमा १६ हजारको ज्यान जोखिममा छ।

अधिकारीहरूले मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो सन्देशमा उनीहरूले निप्रो नदीमा पानीको स्तर पाँच घण्टाभित्र गम्भीर हुने चेतावनी दिएका छन्।

बाहिर आएका तस्बिरहरूमा पानी तीव्र गतिमा बहिरहेको छ।

जेठ २३, २०८० मंगलबार १८:०८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।