रुसले बाँधमा बमबारी गरेको युक्रेनको आरोप, १६ हजारको ज्यान खतरामा

रुसले बाँधमा बमबारी गरेको युक्रेनको आरोप, १६ हजारको ज्यान खतरामा

एजेन्सी : युक्रेनले रुसमाथि देशको दक्षिणी खेरसन प्रान्तमा रहेको निप्रो नदीमा रहेको प्रमुख जलविद्युत आयोजनाको बाँधमा बम प्रहार गरेको आरोप लगाएको छ।

यो बाँध रुसको कब्जामा रहेको नोभा काखोभका सहरमा अवस्थित छ। बाँधमा भएको क्षतिका कारण कम्तीमा १६ हजारको ज्यान जोखिममा छ।

अधिकारीहरूले मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको बताएका छन्।

घटनापछि खेरसनका क्षेत्रीय प्रमुख, अलेक्जेन्डर प्रोकुडिनले रसियाले अर्को आतंककारी कार्य गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा पोष्ट गरिएको एक भिडियो सन्देशमा उनले नीपर नदीको पानीको स्तर पाँच घण्टाभित्रै ‘क्रिटिकल’ हुने चेतावनी दिएका छन्।

उपलब्ध तस्बिरहरूमा पानी बाँध फुटेको छ र त्यहाँबाट पानी बगिरहेको देख्न सकिन्छ। रुसले भने यो विनाशको लागि युक्रेन नै जिम्मेवार रहेको बताएको छ।

रुसी अधिकारीले प्लान्टको माथिल्लो भागमा मात्रै बम विष्फोटबाट क्षति पुगे पनि बाँधमा क्षति नपुगेको दाबी गरेका छन्।

जेठ २३, २०८० मंगलबार १६:२४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।