चोरीको २ वटा भैंसीसहित धनुषामा एक जना पक्राउ

चोरीको २ वटा भैंसीसहित धनुषामा एक जना पक्राउ

धनुषामा चोरीको भैंसीसहित एक जना पक्राउ परेका छन्।  

जेठ २१ गते राति धनुषाको मिथिला विहारी नगरपालिका-६ पथरा टोलका सुबलाल यादवको गोठबाट हराएका २ वटा भैंसीहित ३७ वर्षीया बलि मुखिया पक्राउ परेका हुन्। 

मुखियाले उक्त २ वटा भैंसी मिथिला विहारी नगरपालिका वडा नम्बर ०७ तारापट्टी टोलस्थित भित्री सडकखण्डमा पैदल हिँडाइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। 

मुखियालाई पक्राउ गरी चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले बताएको छ। 

जेठ २३, २०८० मंगलबार १४:४३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।