२२ वर्षीया युवतीको कोठामै गएर बलात्कार, एक युवक पक्राउ

२२ वर्षीया युवतीको कोठामै गएर बलात्कार, एक युवक पक्राउ

काठमाडौं : २२ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेम काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–७ घर भएका ३५ वर्षीय कृष्ण तामाङ रहेका छन्।

उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ २३, २०८० मंगलबार १४:२१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।