करको दर हेरफेरका विषयमा प्रतिपक्षीले विरोध गर्ने भएपछि सुरू भएन संसद्

करको दर हेरफेरका विषयमा प्रतिपक्षीले विरोध गर्ने भएपछि सुरू भएन संसद्

काठमाडौं : करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा प्रमुख प्रतिपक्षी तीन दलले विरोध जनाउने भएपछि आज बस्ने भनेको संसद्को बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।

बजेट निर्माणको प्रक्रियामा करको दर हेरफेर गर्न अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै एमालेसँगै राप्रपा र रास्वपाले सरकारको जवाफ माग गर्ने तयारी गरेपछि संसद् सुरु हुन नसकेको हो।

यो समस्या समाधानका लागि हाल सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख  सचेतकहरुको अनौपचारिक बैठक बसिरहेको छ।

आजको प्रतिनिधिसभाको बैठक ११ बजेका लागि बोलाइएको थियो। 

जेठ २३, २०८० मंगलबार १३:१५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।