भारतीय मिडियाले लेख्योः केपी ओलीले चीनको इसारामा कालापानी विवाद ल्याए

भारतीय मिडियाले लेख्योः केपी ओलीले चीनको इसारामा कालापानी विवाद ल्याए

भारतको एक पत्रिकाले नेपालका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली चीनको गुलाम भएको लेखेको छ। 

भारतको चर्चित पत्रिका नवभारत टाइम्सले कालापानी आफूहरूको भूभाग भएको दाबी गर्दै चीनको इसारामा ओलीले कालापानी विवाद ल्याएकोसम्म लेखेको छ। 

उसले लेखेको छ, 'चीनको इसारामा नाच्ने ओलीले प्रचण्डको भारत भ्रमण र कालापानी सीमा विवाद समाधानका लागि जग्गा आदानप्रदान गर्ने योजनालाई लिएर संसद्मा कडा प्रहार गरेका छन्।' 

सोमबार नेपालको प्रतिनिधिसभामा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण प्रोटोकलविपरीत भएको बताएका थिए। जुन अभिव्यक्तिलाई लिएर प्रचण्डको बचाउ गर्दै नवभारत टाइम्सले प्रचण्डको बचाउ गर्दै ओलीप्रति तुष पोखेको हो। 

यति मात्र नभई उसले लेखेको छ- ओलीले भारतको नयाँ संसदमा राखिएको नक्सालाई पनि निशाना बनाएर ‘अखंड भारत’ भन्ने केही नभएको बताए।'

 

जेठ २३, २०८० मंगलबार १२:५३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।