भोलिका लागि सारियो राष्ट्रिय सभाको बैठक

भोलिका लागि सारियो राष्ट्रिय सभाको बैठक

काठमाडौं : राष्ट्रियसभाको आज (मंगलबार) बस्ने तय भएको बैठक भोलि (बुधबार) बिहानका लागि सारिएको छ।

आज बिहान ११ः११ बजेका लागि तय भएको बैठक विशेष कारणवश स्थगित भएको संसद् सचिवालयले जनाएको छ। बैठक भोलि बिहान ११ः११ बजे बस्ने बताइएको छ।

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो।

साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत पेस गर्ने कार्यसूची थियो।

जेठ २३, २०८० मंगलबार १२:१९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।