संसारको सबैभन्दा पुरानो चिहान फेला, वैज्ञानिकहरू नै छक्क परे

संसारको सबैभन्दा पुरानो चिहान फेला, वैज्ञानिकहरू नै छक्क परे

जनावर र बिरुवाको खोजी गर्ने वैज्ञानिक (प्यालेन्टोलोजिस्ट) हरूले दक्षिण अफ्रिकामा संसारको सबैभन्दा पुरानो चिहान पत्ता लगाएका छन्।

यो सबैभन्दा पुरानो मानिसको अन्त्येष्टि गर्ने ठाउँ भएको पनि उनीहरूले दाबी गरेका छन्। जहाँ त्यस्ता मानिसहरूलाई गाडिएको थियो जसको मष्तिष्क सानो थियो। वैज्ञानिकहरूले यो पनि भनेका छन् कि यस्ता मानिसहरू पहिले जटिल व्यवहार गर्न असक्षम थिए।

यो खोज प्रसिद्ध जीवाश्मविद् ली बर्गरको नेतृत्वमा सम्पन्न भएको हो। जोहानेसबर्गमा रहेको युनेस्कोको विश्व सम्पदास्थल नजिकै यो फेला परेको हो। खोजपछि आफूहरू छक्क परेको अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन्। यो चिहान होमो नालेदी, रूख आरोही र ढुंगा युगका मानवको भएको वैज्ञानिकहरूले जनाएका छन्। 

सय फिटमुनि गाडिएको अवस्थामा फेला

यो चिहान एउटा गुफाभित्र फेला परेको छ, जहाँ मानवहरू ढुंगे युगमा बस्थे। करिब ३० मिटर वा १०० फिट गाडिएको अवस्थामा चिहान फेला परेको हो। यो अनुसन्धान अहिलेसम्म प्रकाशित नगरिएको र आगामी दिनहरूमा यसबारे अन्य जानकारीसहित जारी गर्ने वैज्ञानिकहरूले तयारी गरेका छन्। 

वैज्ञानिकहरूले भनेका छन्, 'यो चिहान कम्तीमा १० लाख वर्ष पहिले मानवजातिको हो भनेर बताउन पर्याप्त छ।' 

अहिलेसम्म पत्ता लागेको सबैभन्दा पुरानो चिहानको प्रमाण भएको पनि उनीहरूले दाबी गरेका छन्।

वैज्ञानिकहरूले निकालेका निष्कर्षहरूले मानव विकासको वर्तमान बुझाइलाई चुनौती पनि दिएको छ। 

मध्यपूर्व र अफ्रिकामा पनि भेटियो थियो

यसअघि मध्यपूर्व र अफ्रिकामा मानवजातिको सबैभन्दा पुरानो चिहान भेटिएको थियो। जुन करिब एक लाख वर्ष पुरानो थियो। तर बर्जर नाम गरेका अमेरिकी वैज्ञानिकको  अनुसन्धान बारम्बार विवादमा पर्ने गरेको छ। तर भर्खरै उनले ल्याएको यो खोज कम्तीमा २ लाख ईसापूर्वको भएको उनले दाबी गरेका हुन्। 

वैज्ञानिक बर्जरका अनुसार होमो नालेदी मानव सभ्यताको रूप थियो जसलाई बाँदर र आधुनिक मानवबीचको कडी मानिन्छ। उनको दिमाग सुन्तला जत्तिकै भएको बताइएको छ। तिनीहरूको लम्बाइ पनि लगभग १ दशमलव ५ मिटर अर्थात् ५ फिट मात्र थियो।

जेठ २३, २०८० मंगलबार १२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।