संसद्मा बजेटमाथिको छलफल आज पनि जारी रहने

संसद्मा बजेटमाथिको छलफल आज पनि जारी रहने

काठमाडौं : संसद्मा बजेटमाथिको छलफल आज (मंगलबार) पनि जारी रहनेछ। 

संसद् सचिवालयका अनुसार आज दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहान ११ बजेको लागि बोलाइएको छ।

संसद्मा हिजो (सोमबार) देखि सुरु भएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल आज पनि चल्नेछ। जसअन्तर्गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले आफ्नो विचार राख्नेछन्।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर गत आइतबार प्रमुख प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेका थिए।

सोमबार प्रचण्डले संसद्मा यी विषयमा जवाफ दिएपछि बजेटमाथिको छलफल सुरु भएको हो।

जेठ २३, २०८० मंगलबार ०८:०८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।