पाँच महिनामा साढे चार लाख बढी पर्यटकले गरे लुम्बिनीको भ्रमण

पाँच महिनामा साढे चार लाख बढी पर्यटकले गरे लुम्बिनीको भ्रमण

लुम्बिनी : पछिल्लो पाँच महिनामा साढे चार लाखभन्दा बढी पर्यटक लुम्बिनी भित्रिएका छन्। पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ।

सन् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

२०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। गत वर्षको यसै समयभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ।

सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चार सय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१  भारतीय नागरिकले बुद्ध जन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ। 

यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुइ सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यानमारका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाली दुई हजार छ सय २९, चिनिया एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना नागरिकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ। 

जेठ २३, २०८० मंगलबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।