अफगानिस्तानका दुई विद्यालयका ८० छात्राहरूलाई विष पिलाइयो

अफगानिस्तानका दुई विद्यालयका ८० छात्राहरूलाई विष पिलाइयो

उत्तरी अफगानिस्तानका दुई प्राथमिक विद्यालयका ८० जना छात्राहरूलाई विष पिलाइएको छ।  

सबैलाई अस्पतालमा भर्ना गरिएको छ। क्षेत्रका शिक्षा अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन्। सन् २०२१ को अगस्टमा तालिबान सत्तामा आएपछि यस्तो घटना पहिलो पटक भएको अन्तर्राष्ट्रिय समाचाहरूमा जनाइएको छ। 

तालिबानले देशमा छैटौं कक्षाभन्दा माथिका छात्राहरूलाई पढ्न प्रतिबन्ध लगाएको छ। बालिकालाई विष खुवाइएको विद्यालय अफगानिस्तानको सार-ए-पुल प्रान्तका हुन्। दुवै विद्यालय नजिकै रहेको बताइएको छ। एकपछि अर्को गरी यी विद्यालयलाई निशाना बनाइएको हो।

सर-ए-पुलका शिक्षा विभागका एक अधिकारीले यस विषयमा अनुसन्धान भइरहेको बताए। ती युवतीहरूलाई कसरी विष खुवाइयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रारम्भिक अनुसन्धानमा कसैको षड्यन्त्र भएको देखिएको छ। ती छात्राहरूलाई कसैले तेस्रो पक्षमार्फत विष दिएका समाचारमा उल्लेख छ। विष सेवन गर्ने बालिका कक्षा १ देखि ६ सम्मका रहेका छन्। 

सन् २०१५ मा मा अफगानिस्तानमा यस्तै घटना भएको थियो। त्यसपछि हेरात प्रान्तमा ६०० स्कुले छात्राहरूलाई विष दिइएको थियो। त्यतिबेला पनि कुनै पनि संस्थाले यसको जिम्मेवारी लिएको थिएन।

यद्यपि त्यसबेला धेरै मानवअधिकार संगठनहरूले उक्त घटनाको दोष तालिबानलाई दिएका थिए। 

जेठ २२, २०८० सोमबार २०:३३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।