भाडाको विषयमा भनाभन हुँदा बस कन्डक्टरलाई काउन्टरका युवकले कुटे

भाडाको विषयमा भनाभन हुँदा बस कन्डक्टरलाई काउन्टरका युवकले कुटे

हरिवनः गाडीभाडाको कमिसनमा विवाद हुँदा सर्लाहीको हरिवनमा आइतबार बस काउन्टरमा काम गर्ने युवकले बस कन्डक्टरलाई कुटेका छन्। 

हरिवन नगरपालिका १० स्थित पूर्व-पश्चिम राजमार्गको नयाँरोडमा जनकपुरबाट पोखरा जाँदै गरेको ना५ख ६६१९ नम्बरका बस कडक्टर दीपकराज उपाध्याय कुटिएका हुन्। 

रौतहट चन्द्रपुर नगरपालिका-६ का ४५ वर्षीय उपाध्यायलाई सर्लाहीकै बागमती नगरपालिका-३ का २८ वर्षीय दोर्जे तामाङले हातपात गरेका हुन्। 

उपाध्यायको टाउकोमा चोट लागेको छ भने कुटपिट गर्ने तामाङ फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

जेठ २२, २०८० सोमबार २०:२३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।