पोखरामा दुई वटा शव भेटियो

पोखरामा दुई वटा शव भेटियो

काठमाडौं : कास्कीको पोखरामा सोमबार दुई वटा शव भेटिएको छ।

पोखरा महानगरपालिका–१८ स्थित फेवातालको किनार र पोखरा–१४ नविन टोलस्थित नहर कुलोमा शव भेटिएको हो।

मृत भेटिएका व्यक्तिहरू दुवै पुरुष भएको र दुवैको उमेर ४५ वर्ष हुनसक्ने प्रहरीले जनाएको छ। अहिलेसम्म उनीहरूको पहिचान खुल्न सकेको छैन।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालिसकेको छ।

जेठ २२, २०८० सोमबार १९:५६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।