प्रवेशपत्रको पछाडि चिट लेख्नेको उत्तरपुस्तिका रद्द, एक वर्षसम्म प्रतिबन्ध

प्रवेशपत्रको पछाडि चिट लेख्नेको उत्तरपुस्तिका रद्द, एक वर्षसम्म प्रतिबन्ध

काठमाडौं : कोशी प्रदेशको लोकसेवा आयोगको प्रवेशपत्रको पछाडि चिट लेखेर ल्याउने एक जनाको उत्तरपुस्तिका रद्द गरेको छ।

कृषि प्रसार/बाली संरक्षण/एग्रोनोमी समूहतर्फको नायव प्राविधिक सहायक पदका लागि गत जेठ ६ गते दिएकी रमिला महतको उत्तर पुस्तिका रद्द गरिएको प्रदेश सचिव बाबुराम खतिवडाले जानकारी दिए।

महतले प्रवेशपत्रको पछाडिको भागमा चिट चोर्ने उदेश्यले परीक्षासँग सम्बन्धी विषयहरू लेखेर ल्याएको खतिवडाले बताए।

उनका अनुसार महतलाई प्रदेश लोक सेवा आयोगबाट लिइने परीक्षामा एक वर्षसम्म उम्मेदवार हुन नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय समेत जेठ १४ गते भएको थियो।

जेठ २२, २०८० सोमबार १९:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।