बाल यौन दुरुपयोगका अभियुक्त मदन राई चार लाख धरौटीमा रिहा

बाल यौन दुरुपयोगका अभियुक्त मदन राई चार लाख धरौटीमा रिहा

काठमाडौं : बाल यौन दुरुपयोगको अभियोग लागेका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत खोटाङका जिल्ला न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले थुनछेक बहसपछि राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

कृषि विज्ञका रूपमा परिचित राईमाथि बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तरगतको कसुर गरेको अभियोगमा आइतबार अभियोग पत्र दायर भएको थियो।

शुभद्रा मदन फाउण्डेसनको प्रमुख रहेका राई वैशाख २९ मा पक्राउ परेका थिए। उनीमाथि आफ्नै विद्यालयमा अध्ययनरत बालिकामाथि बालयौन दुरुपयोग गरेको आरोप छ।

जेठ २२, २०८० सोमबार १९:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।