माछा पोखरीमा डुबेर ११ वर्षीया दिदीको मृत्यु, ७ वर्षीया बहिनी घाइते

माछा पोखरीमा डुबेर ११ वर्षीया दिदीको मृत्यु, ७ वर्षीया बहिनी घाइते

नवलपरासी पश्चिम : जिल्लाको रामग्राम नगरपालिका–१० नदुवास्थित माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ।

सोही ठाउँस्थित पेप्सी फ्याक्ट्रीमा काम गर्ने खोटाङ दिपरुङ गाउँपालिका–२ घर भएका लेखराज खत्रीकी छोरी ११ वर्षीया युनिषा खत्रीको सोमबार मृत्यु भएको हो।

डुबेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै घाइते भएकी लेखराजकै छोरी ७ वर्षीया मुना खत्रीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२२ जेठ, २०८०, १९:०६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।