भारतीय कारको ठक्करबाट महोत्तरीमा महिलाको मृत्यु

भारतीय कारको ठक्करबाट महोत्तरीमा महिलाको मृत्यु

महोत्तरी : जिल्लाको जलेश्वर नगरपालिका–२ जिरोमाईल पेट्रोल पम्पस्थित सडकमा भारतीय नम्बरको कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बीआर ०७ एएम ९९९२ नम्बरको कारको ठक्करबाट हाल नाम, थर, वतन, नखुलेकी करिब ६३ वर्षीया महिलाको सोमबार दिउँसो मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जेठ २२, २०८० सोमबार १९:०२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।