प्रधामन्त्रीज्यूले साँच्चै ल्याउनुभएको चाहिँ १५ वटा राँगा हो : अध्यक्ष ओली

प्रधामन्त्रीज्यूले साँच्चै ल्याउनुभएको चाहिँ १५ वटा राँगा हो : अध्यक्ष ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धि १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन्।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धि हासिल नभएको दाबी गरे।

‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो। अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ?’

प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए।

मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए।

प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकलबारे ख्याल नगरिएको भन्दै फर्स्ट लेडी जहिले पनि स्पाउच हुने बताए। परिवारका सदस्यलाई फर्स्ट लेडी नभनिने भन्दै ओलीले ‘नातिनीलाई लिएर गए के भन्ने? सेकेन्ड लेडी?’ भन्दै प्रश्न समेत गरे।

जेठ २२, २०८० सोमबार १८:५७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।