टिकटकबाट बढ्दै यौन दुर्व्यवहारका घटना

टिकटकबाट बढ्दै यौन दुर्व्यवहारका घटना

काठमाडौँ : प्रहरीको साइबर ब्युरोले टिकटकबाट चिनजान गरेर यौन दुर्व्यवहार गरेको आरोपमा जुम्ला तिला गाउँपालिका ९ रासा घर भई भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका दिनेशकुमार राउतलाई पक्राउ गरेको छ।

उनले टिकटकमार्फत साथी बनेर एक युवतीलाई यौन दुर्व्यवहार गरेको प्रहरीको आरोप छ। ब्युरोका अनुसार उनले टिकटकमा साथी बनेकी युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेर अनलाइनबाट यौन दुर्व्यवहार गर्ने र त्यसको भिडियो रेकर्ड गरेर ब्ल्याकमेलिङ गरेका थिए।

ब्युरोमा उजुरी परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणका आधारमा उनलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा छानबिन गर्न जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याद लिएको छ।

जेठ २२, २०८० सोमबार १७:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।