‘राष्ट्रपतिलाई बडामहाराजधिराज बनाएको हो?’

‘राष्ट्रपतिलाई बडामहाराजधिराज बनाएको हो?’

काठमाडौं : एमाले सांसद् गोकुल बाँस्कोटाले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘बडामहाधिराजधिराज बनाइएको हो?’ भन्दै प्रश्न गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा नागरिकता प्रमाणीकरणबारे प्रधानमन्त्रीलाई उनले सोधे, ‘राष्ट्रपति बडा महाराजधिराज भएको हो? त्यो बनाएको हो? नभए नागरिकता विधेयक प्रमाणीकरण कसरी गर्नुभयो?’

बाँस्कोटाले प्रधानमन्त्री प्रधानमन्त्री जहाँ पुग्यो त्यहाँ ठिक्क पार्न सक्ने खालको भएको आरोप लगाए।

उनले मिचिएको भूमिबाट भारतीय सेना हट्ने आश गरेकोमा प्रधानमन्त्रीको भ्रमणमा झन् गिजोलिएको बताए।

जेठ २२, २०८० सोमबार १४:३६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।