परराष्ट्र मन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ : सांसद् शाह

परराष्ट्र मन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ : सांसद् शाह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् असिम शाहले परराष्ट्रमन्त्री एनपी साउदको राजीनामा माग गरेका छन्।

प्रतिनिधिसभाम बैठकमा बोल्दै सांसद् साहले भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले कपिलवस्तु,लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा सरकारलाई जानकारी छैन भनेर अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेका हुन्।

शाहले भने,‘परराष्ट्रमन्त्ज्यूले एउटा अन्तर्वार्तामा कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईंको देशमा विवाद भएको,प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले भन्नुभयो।’

उनले अगाडि थपे, ‘हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ।’

जेठ २२, २०८० सोमबार १४:२८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।