रास्वपाका सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसद्मा खैलाबैला

रास्वपाका सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसद्मा खैलाबैला

काठमाडौं : रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भारतबाट भैंसी चढेर आएको भनेपछि संसद्मा खैलाबैला भएको छ।

आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा उनले भने, ‘प्रधानमन्त्री भारतबाट आउँदा प्लेन चढेर भर्खरै उद्घाटन गरेको पोखरा विमानस्थलमा ओर्लिनु हुन्छ होला भनेको त भैंसी चढेर आउनु भयो।’

खनालले यसो भनेपछि सत्ता पक्ष माओवादीका सांसदहरूले ‘भैंसी चढेर आएको’ भन्ने कुरा संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।

यसपछि प्रतिपक्ष दल एमाले र रास्वपाका नेताहरूले प्रधानमन्त्री स्वयम्ले नै संसदमा भैंसी चढेर आएको भन्ने कुरा गरेकोले हटाउने भए त्यो पनि हटाउन माग गरेका थिए।

जेठ २२, २०८० सोमबार १३:२४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।