भारत भ्रमणको उपलब्धि १५ वटा मुर्रा राँगा लिएर आउनेभन्दा बढी केही भएन : सांसद गिरी

भारत भ्रमणको उपलब्धि १५ वटा मुर्रा राँगा लिएर आउनेभन्दा बढी केही भएन : सांसद गिरी

काठमाडौं : एमालेका सांसद पदम गिरीले प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि १५ वटा मुर्रा राँगा लिएर आउनेभन्दा बढी केही नभएको बताएका छन्।

आज संसद्मा प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा उनले आजको देशको मुख्य समस्याको बारेमा कुनै उपलब्धि नभएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीज्युले भारत भ्रमणका दौरान सबै कुरा गम्भीरताकासाथ राखें भनेर भन्नुभयो। तर उपलब्धि खोइ भनेर हेर्ने हो भनेदेखि १५ वटा मुर्रा राँगा लिएर आउने भन्दा ठूलो उपलब्धि केही देखेनौं।’

‘आजको देशको मुख्य समस्याहरु पञ्चेश्वर परियोजना अघि बढाउने सवालमा, सीमाको विषयमा, भारतीय पूर्वाधारका कारण भएको डुबानका सवालमा, हवाई रुटका सवालमा कुनै  उपलब्धि भएन,’ उनले थपे।

जेठ २२, २०८० सोमबार १३:०२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।