हामी अलिक धेरै‍ नै राजनीति गर्ने जस्ता भयौं : प्रचण्ड

हामी अलिक धेरै‍ नै राजनीति गर्ने जस्ता भयौं : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्ने तिर भएको बताएका छन्।

काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले सबैले मेहनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउनेतिर जानुपर्ने बताए।

‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी विश्वविद्यालयको हो,’ उनले भने, ‘हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं। हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषय पछि परे।’

प्रधानमन्त्रीले जहाँ अनुशासन कायम भयो, त्यहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने काम भएको उल्लेख गरे। त्यस्तो अवस्थामा अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण बन्ने स्पष्ट पारे।

२२ जेठ, २०८०, १२:४५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।