प्रचण्डलाई एमालेको चेतावनी : नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस्

प्रचण्डलाई एमालेको चेतावनी : नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा सचिव योगेश भट्टराईले नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नगर्न चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको सोमबार (आज) को बैठकमा उनले नागरिकता विधेयक प्रमाणीकरण गर्न  राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीलाई कसले दियो भनेर संसद्मा प्रश्न गरेका छन्।

उनले भने, ‘नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस्। सम्मानीय प्रधानमन्त्रीलाई म भन्न चाहन्छु,​​​​​​ नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार उहाँलाई कसले दियो?’

‘त्यो अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साउने? विशेष अधिकार हनन् भयो भने संसद्को विशेष अधिकार हनन् समिति गठन गरेर विशेष अधिकार हनन् गर्नेलाई कारबाही गर्नुपर्छ,’ उनले थपे।

साथै उनले राष्ट्रपतिले संसद्को मर्यादा ख्याल राख्नुपर्ने र राष्ट्रपतिले संसद् भन्दा माथि नहुने समेत बताए। उनले राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिकार हनन् गरेको समेत आरोप लगाएका छन्।

जेठ २२, २०८० सोमबार १२:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।