कुनै जग्गा सट्टाभर्ना गर्ने सर्तमा हाम्रो राष्ट्रियता बन्धक राख्न सक्दैनौं : योगेश भट्टराई

कुनै जग्गा सट्टाभर्ना गर्ने सर्तमा हाम्रो राष्ट्रियता बन्धक राख्न सक्दैनौं : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेश भट्टराईले कुनै जग्गा सट्टाभर्ना गर्ने सर्तमा नेपालीले राष्ट्रियता बन्धक राख्न नसक्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा यदि भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नदिने हो भने नेपाललाई बंगलादेशको बन्दरगाहसम्म पुग्ने जमिन दिनुपर्ने बताएका थिए।

सोमबारको प्रतिनिधसभा बैठकमा यस विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै उनले भने, ‘कुनै जग्गा सट्टाभर्ना गर्ने सर्तमा हाम्रो राष्ट्रियता बन्धक राख्न सक्दैनौं, बेच्न सक्दैनौं। 

‘त्यसकारण नेपाल सबै छिमेकी देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्छ तर कुनै लम्पसारवाद यदि आउँछ भने जनसुकै लम्पसारवादका विरुद्धमा एमाले उभिन्छ। यो संसद् उभिनुपर्छ,’ उनले थपे।

जेठ २२, २०८० सोमबार १२:०९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।