लिम्बू समुदायको कथामा निर्मित फिल्म ‘लुङा’को फस्टलुक सार्वजनिक

लिम्बू समुदायको कथामा निर्मित फिल्म ‘लुङा’को फस्टलुक सार्वजनिक

काठमाडौँः  नेपालको पूर्व जिल्लामा रहेका लिम्बू समुदायको कथामा आधारित फिल्म ‘लुङा’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ।

निर्माण टिमले आइतबार फिल्मको फस्टलुक रिलिज गरेको हो। 

निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको फिल्मलाई श्रावण ५ गतेबाट देशभर प्रदर्शन मिति समेत घोषणा गरिएको छ।

पोस्टर रिलिज गर्दै निर्देशक किरण राईले फिल्ममार्फत लिम्बू कल्चरलाई देश तथा विदेशमा  प्रमोशन गर्न लागिएको बताए। फस्टलुकमा फिल्मका मुख्य कलाकार बुद्धि तामाङ,भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाइएको देख्न सकिन्छ। 

यस फिल्ममा सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल,मनिशा पाठक,मेनुका घिमिरे,कैलाश राई,टि आर साम्सोहाङ सहनिर्माता रहेका छन्।

लिम्बू समुदायकै बाहुल्यता रहेको पूर्वका विभिन्न जिल्लामा खिचिएको फिल्ममा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राईका अलवा भिम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङखिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङ लगायतको अभिनय रहेको छ।

फिल्मको गीतमा बादल लिम्बू र अनिस श्रेष्ठले संगीत भरेका छन् भने गायनमा राजेश पायल राई,मेलिना राई,रचना रिमाल,आयुश प्रधान,निमा तामाङ रहेका छन्।

फिल्मलाई किरण राईले छायांकन तथा सम्पादन गरेका छन् भने फिल्मको कथा भुवन सिंह राईले लेखेको हुन्। 

फिल्मको पटकथा भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले लेखेका छन्। श्रावनमा रिलिज हुने यस फिल्मलाई काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ। यस फिल्म निर्माणमा भूमिसा प्रोडक्सनसँग इस्टन मिडियाले सहकार्य गरेको छ। 

२२ जेठ, २०८०, १२:०८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।