बलिउड अभिनेत्री भाग्यश्रीले गरिन् पशुपतिनाथ र कालभैरव दर्शन

बलिउड अभिनेत्री भाग्यश्रीले गरिन् पशुपतिनाथ र कालभैरव दर्शन

काठमाडौंः बलिउड फिल्मकी अभिनेत्री भाग्यश्रीले काठमाडौंका विभिन्न धार्मिक स्थलमा पुगेर पूजाआजा गरेकी छन्।

शनिबार काठमाडौं आएकी उनले श्रीमान् हिमालय दसानीसँग आइतबार बिहान पशुपतिनाथ र कालभैरव (भैरवस्थान) को दर्शन गरेकी हुन्। 

उनले केही तस्वीर इन्स्टाग्राममा  राख्दै पशुपतिनाथ,भैरवस्थान र भक्तपुर दरवार स्क्वायर क्षेत्र घुमेको उल्लेख गरेकी छन्।

मन्दिर दर्शनदेखि पुरी-तरकारीका समेत तस्वीरहरू खिचेकी छन्। उनी आइतबार कमलादीस्थित एक अवार्ड कार्यक्रममा सहभागी भएकी थिइन्। 

शनिबार नेपाल आइपुगेकी भाग्यश्रीले आफू पहिले पनि नेपाल आएको र सुन्दर देशमा फेरि पनि आउन पाउँदा खुसी लागेको बताएकी थिइन्। 

५३ वर्षिय भाग्यश्रीका एक छोरा र एक छोरी छन्। उनलाई फिल्म ‘मैने प्यार किया’ की अभिनेत्री भनेर चिन्ने गरिन्छ। उनी अभिनित पछिल्लो रिलिज फिल्म ‘छत्रपंथी’ हो।

जेठ २२, २०८० सोमबार ११:५२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।