'महाभारत'मा शकुनी बनेका गुफीको निधन

'महाभारत'मा शकुनी बनेका गुफीको निधन

महाभारतमा शकुनीको भूमिका निभाएका गुफी पेन्टलको सोमबार बिहान निधन भएको छ।

उनी ७८ वर्षका थिए। पेन्टल केही दिनदेखि मुम्बईको अंधेरीस्थित अस्पतालमा भर्ना भएका थिए। उनका सहकलाकार सुरेन्द्र पालले मृत्युको पुष्टि गरेका छन्। उनको आज अपराह्न ४ बजे अन्तिम संस्कार गरिने भएको छ। 

गुफीको स्वास्थ्य बिग्रँदा उनी फरीदाबादमा थिए। उनलाई पहिले फरीदाबादको अस्पतालमा भर्ना गरिएको थियो र त्यसपछि मुम्बई ल्याइएको थियो।

गुफीले सन् १९७५ मा ‘रफु चक्र’ बाट बलिउडमा डेब्यू गरेका थिए।

उनी ८० को दशकमा धेरै चलचित्र र टीभी कार्यक्रमहरूमा देखा पर्यो।

तर, गुफीलाई वास्तविक पहिचान सन् १९८८ मा बीआर चोपडाको सुपरहिट शो ‘महाभारत’बाट मिलेको थियो। उनले शोमा शकुनीको भूमिका निभाएका थिए। गुफी पछिल्लो पटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’ मा देखिएका थिए।

जेठ २२, २०८० सोमबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।