आज वातावरण दिवस मनाइँदै, नारा : ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं’

आज वातावरण दिवस मनाइँदै, नारा : ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं’

काठमाडौं : संयुक्त राष्ट्र सङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।

संयुक्त राष्ट्र सङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रम गर्न आग्रह गरेको छ।

विभागले आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्य रुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आम सर्वसाधारणमा अनुरोध गरेको छ।

जेठ २२, २०८० सोमबार ०८:२६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।