मदन राई विरुद्ध बाल यौन दुर्व्यवहारको अभियोग

मदन राई विरुद्ध बाल यौन दुर्व्यवहारको अभियोग

काठमाडौँ : सुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक मदन राईविरुद्ध बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय खोटाङले राईविरुद्ध आइतबार जिल्ला अदालत खोटाङमा बालिकामाथि यौन दुर्व्यवहार गरेको दाबीसहित मुद्दा दायर गरेको हो।

कृषि वैज्ञानिक रहेका राईले फाउन्डेसनका बालिकाहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको प्रमाण सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

काठमाडौँमा दायर भएको जाहेरी खोटाङ पुगेपछि उनी विरुद्ध अनुसन्धान अगाडि बढेको थियो।

सोमबार अभियुक्त बयानपछि थुनछेक बहस सुरु हुनेछ। 

जेठ २१, २०८० आइतबार २३:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।