पाल्पाको सत्यवतीमा जीप दुर्घटनाः ३ जनाको मृत्यु, १२ जना घाइते

पाल्पाको सत्यवतीमा जीप दुर्घटनाः ३ जनाको मृत्यु, १२ जना घाइते

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका-८ सत्यवतीमा आज साँझ ५ बजेको समयमा दुर्घटना भएको हो। 

दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए।

घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन्।

जेठ २१, २०८० आइतबार २१:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।