अभिनेता दयाहाङ भन्छन्, 'भेडा चराउने काम सजिलो छैन'

अभिनेता दयाहाङ भन्छन्, 'भेडा चराउने काम सजिलो छैन'

अभिनेता दयाहाङ राई चलचित्रमा निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन्। कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ छ। 

'चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने मौका पाइन्छ। मेरो प्रदर्शनको क्रममा रहेको चलचित्र नीरफूलमा मैले गोठालोको भूमिका निर्वाह गर्ने। भीरपाखामा भेडा चराउँदा उहाँहरूको समस्या र साहससँग साक्षात्कार भएँ', अभिनेता राईले भने।

कसरी भेडालाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरूलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे स्थानीयसँग छलफल गरेपछि जानकारी पाएको उनले बताए। 

'पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको संघर्षपूर्ण अनुभव सँगाल्ने अवसर पाएँ। मेरो लागि रोचक रह्यो', उनले भने।

धादिङको रुबी भ्यालीमा छायाङ्कन हुँदा अभिनेता राईले हिमाली जीवनको अनुभव सङ्गाल्नु भएको रहेछ। एउटा नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनु जस्तो बिडम्वना नै चलचित्रको कथासार रहेको अभिनेता राईको भनाइ थियो।

उनले चलचित्र ‘नीरफूल’ मौलिक कथा र विरलै हुने घटनामा केन्द्रित रहेको बताए। उनी अभिनियत यस फिल्म जेठ २६ गते रिलिज हुने तयारीमा छ। 

२१ जेठ, २०८०, २०:०८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।