एमालेमै फर्किए नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने

एमालेमै फर्किए नेकपा एसका उपाध्यक्ष केदार न्यौपाने

काठमाडौँः गत चैतमा पार्टी छाडेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा समाहित भएका छन्। 

उनले पार्टी (नेकपा एस) कांग्रेसपरस्त भएको भन्दै राजीनामा दिएका थिए। 

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत नेताहरूले न्यौपानेलाई पार्टीमा भित्र्याएका हुन्। 

तत्कालीन नेकपा पोलिटब्युरो सदस्य न्यौपाने २०४५ सालदेखि पटकपटक एमाले केन्द्रीय सदस्यको भूमिकामा रहँदै आएका थिए। नेकपा विभाजनपछि उनी नेकपा एसको उपाध्यक्ष बनेका थिए।

एमालेमा रहँदा माधव नेपाल पक्षका नेता उनी एकीकृत समाजवादीभित्र एमालेसँग मिल्नुपर्ने लाइनमा देखिएका थिए। 

जेठ २१, २०८० आइतबार १६:४२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।