नागरिकता ऐन लागू, पर्सा प्रशासनले कागजातसहित बोलायो नागरिकता नहुनेलाई

नागरिकता ऐन लागू, पर्सा प्रशासनले कागजातसहित बोलायो नागरिकता नहुनेलाई

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएपछि पर्सा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी नागरिकता लिन सम्पर्क आउन आग्रह गरेको छ।  

नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिनेले कागजातहरू संलग्न राखी जेठ २२ देखि कार्यालय समयमा सम्पर्क गर्न भनेको हो। 

वडा अध्यक्षको सिफारिससहित अनुसूची-१ को फाराम, बाबु र आमाको सक्कल नेपाली नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्र र नाबालक परिचयपत्र, बाबुआमा र सन्तानबीच नाता प्रमाणित, बसाइसराइ भए सोको दर्ता प्रमाण पत्र पनि माग गरिएको छ। 

थन्किएर बसेको यस विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। 

जेठ २१, २०८० आइतबार १५:३२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।