शरणार्थी प्रकरण : थुनछेक बहस सुरू, खाँण र रायमाझी जिल्ला अदालतमा

शरणार्थी प्रकरण : थुनछेक बहस सुरू, खाँण र रायमाझी जिल्ला अदालतमा

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (आइतबार) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरू भएको छ।

थुनछेक बहसका लागि यस प्रकरणका दुई ठूला आरोपीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ।

यी दुईसँगै यस प्रकरणमा पक्राउ परेका १८ जनालाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो।

नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएका आरोपमा पक्राउ परेका १८ जना र फरार रहेका सहित ३० जनालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा दायर गरेको थियो ।

पक्राउ परेकाहरूको बयान शुक्रबार सकिएकोले थुनछेक बहस सकिएपछि उनीहरुलाई पुर्पक्षमा पठाउने कि नपठाउने भन्नेबारे निर्णय हुनेछ।

जेठ २१, २०८० आइतबार १२:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।