अत्यधिक गर्मीका कारण सिन्धुलीमा विद्यालय बन्द

अत्यधिक गर्मीका कारण सिन्धुलीमा विद्यालय बन्द

सिन्धुली : केही दिनदेखि गर्मी बढेपछि सिन्धुलीको दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ।  

गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो।

नगरप्रमुख दिनेश अधिकारीले  गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए।

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए।

जेठ २१, २०८० आइतबार ०८:५०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।