युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि

एफ ए कपको उपाधि म्यानेचस्टर सिटीले जितेको छ।
इंग्ल्याण्डको वेम्बली स्टेडियममा सिटीले युनाइटेडलाई २-१ को अन्तरले हराउँदै उपाधिका उचालेको हो।
खेलको १३ सेकेण्डमै गोल गर्दै गुण्डोगनले सिटीलाई अग्रता दिलाएका थिए। तर ३३ मिनेटमा ह्याण्ड बल भएपछि युनाइटेडले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल बराबरीमा ल्याएको थियो। युनाइटेडका लागि ब्रुनो फर्नाण्डेजले बराबरी गोल गरेका हुन्।
तर खेलको ५१ औं मिनेटमा पुनः गुण्डोगनले अर्को गोल गर्न सफल भएपछि खेल सिटीले २-१ गोलअन्तरले जित्यो। योसँगै सिटीले सातौँ पटक एफ ए कपको उपाधि जित्न सफल भयो।
सिटीले यो सिजनको घरेलु लिग (प्रिमियर लिग) पनि जितिसकेको छ भने जुन १३ मा इन्टर मिलानसँग च्याम्पियन्स लिग फाइनल खेल्दै छ।
आर्सनलले सर्वाधिक १४ औं पटक यो उपाधिक जितेको छ।
जेठ २०, २०८० शनिबार २१:५९:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।