प्रचण्डद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो, जवाफमा भने– ‘उपयुक्त समयमा आउँछु’

प्रचण्डद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो, जवाफमा भने– ‘उपयुक्त समयमा आउँछु’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

शनिबार चार दिने भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विममानस्थलमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल मोदीलाई भारत भ्रमणको निम्तो दिएको खुलासा जानकारी दिएका हुन्।

मोदीले अनुकूल समय मिलाएर नेपालको भ्रमणमा पुनः आउने बताएको उनले बताए।

‘भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ’, प्रधानमन्त्री दाहालले भने।

जेठ २०, २०८० शनिबार १९:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।