महाकाल मन्दिरमा पूजा गर्नु मेरो पुरानै अवतार हो : प्रधानमन्त्री प्रचण्ड

महाकाल मन्दिरमा पूजा गर्नु मेरो पुरानै अवतार हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको उज्जैनस्थित महाकाल मन्दिरमा पूजा गर्नु पुरानै अवतार भएको बताएका छन्।

शनिबार भ्रमण सकेर आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विममानस्थलमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले मन्दिरमा गएर गेरुवस्त्र धारण गरेर पूजा गर्नु पुरानै अधिकार भएको बताएका हुन्।

मन्दिरमा प्रवेश गर्दा गेरुवस्तु लगाएर प्रवेश गर्नुपर्ने प्रोटोकल भएकाले आफूले त्यो प्रोटोकल नतोडेको बताएका हुन्। उनले अरबौं भारतीयको मनमा चिसो नपसोस् भन्नका लागि आफूले गेरुवस्त्र लाएर पूजा गरेको स्पष्ट गरे।

जेठ २०, २०८० शनिबार १९:२८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।