चार दिने भारत भ्रमण सफल भयो : प्रधानमन्त्री प्रचण्ड

चार दिने भारत भ्रमण सफल भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमण सफल भएको बताएका छन्।

शनिबार भ्रमण सकेर आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विममानस्थलमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भारत भ्रमण सफल भएको बताएका हुन्।

भ्रमणमा नेपाल–भारत सम्ब्न्धलाई अझ प्रगाढ बनाउने विषयमा राष्ट्रपति द्रौपति मुर्मू, उपराष्ट्रपति जगदीप धनखार र प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट भएको जानकारी दिए।

भ्रमणका क्रममा विभिन्न सम्झौता र समझदारी भएको उनले बताए। 

यसका साथै उनले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरको पूजासमेत गरेको र त्यहाँ रहेको सफाइ अभियान र आइटी पार्कको अवलोकन गरेको बताए।

चार वर्षदेखि नभएको पारवहन सन्धी भएको विभिन्न जलविद्युत् आयोजनामा भारतले लगानी गर्ने र दीर्घकालीन ऊर्जा व्यापारको बारेमासमेत सहमति भएको उनले बताए।

२० जेठ, २०८०, १९:०६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।