नेपाल फर्किए प्रधानमन्त्री दाहाल

नेपाल फर्किए प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्।

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड नेपाल फर्किएका हुन्।

गत जेठ १७ गते नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले भ्रमण दौरान समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रोपति मुर्मू, उपराष्ट्रपति जगदीप धनखारलगायतसँग भेटवार्ता गरेका थिए।

नयाँ दिल्लीबाट उनी मध्यप्रदेशको इन्दोरसमेत पुगेका थिए।

मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरको पूजासमेत गरेका प्रधानमन्त्री प्रचण्ड त्यहाँ सफाइ अभियान र आइटी पार्कको अवलोकन गरेका थिए।  

प्रधानमन्त्रीको भ्रमणमा भारतसँग विभिन्न सात वटा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको थियो।

जेठ २०, २०८० शनिबार १८:३८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।