प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने ११ जना प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने ११ जना प्रहरी नियन्त्रणमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका दाहालविरूद्ध नाराबाजी गर्ने ११ जनलाई सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रधानमन्त्री दाहाल भारतको दिल्लीबाट केहीबेरमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ।

भारत भ्रमणमा रहेका उनलाई विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन्।

जेठ २०, २०८० शनिबार १८:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।